|
हाम्रो परिचय
अनलाइन नेपाली साहित्य मञ्च (Online Nepali Literature Forum) |
समयको परिर्वन सगैं हाम्रो गौरवशाली नेपाली भाषा साहित्यलाई विश्वब्यापी गर्दै
जानुपर्ने आवश्यकता दिनानुदिन वढदै गएको सर्न्दर्भमा एउटा विशुद्ध साहित्यिक मञ्च
मार्फत "नेपाली साहित्य घर" को रुपमा यस www.sahityaGhar.com लाई संचालन गरिएको हो ।
स्रष्टा देशमा हुन या विदेशमा उनीहरुले सिर्जना गर्न छोड्नु हुदैन, नेपाली भएर नेपाली भाषा साहित्य अनि नेपालको
विविधता अर्न्तगत विभिन्न जातिहरुको भाषा साहित्य बिर्सनु हुन्न । नेपाली भाषा लगायत सबै
जातजातिको भाषा सम्पन्न भए मात्र पूर्ण राष्ट्रियता बन्छ भन्ने हाम्रो मान्यता हो । |
|
 |
हामी हाम्रो राष्ट्रियताको लागी
जुनसुकै चुनौती सामना गर्न तयार हुनुपर्छ र तयार छौ । नेपाली भाषालाई आज सिमित
भूगोलले छेक्न सक्दैन । अझ विश्वब्यापी वेभ साइटको विकास र पहुचले सारा विश्व
साँघुरो बनेको छ । यो साँघुरो, सानो विश्वलाई नेपालीमय बनाउन प्रसासरत रहने हाम्रो
चाहना हो ।
घरदेशमा सबै कुरा सामान्य लाग्दछ । जब विश्व चिन्तनमा हुन्छौ निश्चय नै हामीलाई
लाग्दछ अर्न्तराष्ट्रिय भाषा अग्रेजी, स्पानिस, फेन्च चाईनिज भाषा सरह अर्थात त्यो
भन्दा सम्पन्न हाम्रो नेपाली भाषा बन्न सकोस । यी हाम्रा चाहना पूरा होला नहोला त्यो आफ्नै ठाँउमा छ तर नेपाली साहित्यको उज्वल भविश्य बनाउनको लागि आजको
न्युनतम काम मध्ये नेपाली साहित्यको वेभसाइट संचालन गर्नु एक हो । हाल नेपाली
भाषीहरु संसारको प्रायः प्रत्येक मुलुकमा पुगेको अनुमान गर्न सकिन्छ । ती सवै मुलुकका अधिकांश नेपालीहरुले
वेभसाइट घुम्ने, हेर्ने पंहूच राख्दछन ।
विश्वका जुनसुकै भागमा रहेका नेपालीहरुले सम्पूर्ण नेपाली साहित्य इन्टरनेटमै सजिलै संग हेर्नसकुन ।
स्रष्टाहरुको सिर्जना ओईलाउन नपाओस, नेपाली भाषा र साहित्य विकासको गतिलाई
निरन्तरता पुग्न सकोस भन्ने पवित्र लक्ष्य राखी यो वेभसाइट निर्माण गरि संचालन
गरिएको छ । यो वेभसाइट कुनै ब्यापारीक प्रयोजनको लागी नभइ यो सेवामुलक साइट हो ।
हाम्रो मुख्य उद्देश्यहरुः
१. परिवर्तित समय अनुसार नेपाली भाषा साहित्य विकासको लागि बिश्वब्यापी संजाल अनलाईनमा कार्यरत रहने ।
२. विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीहरुको साझा मञ्चको रुपमा संस्थागत गर्दै आपसमा समान्जस्य कायम
... गरि सहयोग अभिवृद्धि गर्ने ।
३. नेपालका सवै भाषाभाषीका भाषा-साहित्यलाई सहयोग पुयाउने ।
४. साहित्य तथा गीत संगीतका स्रष्टाहरुलाई सम्बर्द्धन गर्दै अवसर प्रदान गर्दै, सहयोग पुर्याउदै उत्प्रेरणा जगाउने ।
५. नेपाली भाषा, साहित्य सिक्न चाहने स्वदेशी वा विदेशीका लागि यथासक्दो सहयोग पुर्याउने ।
६. विश्वभर छरिएर रहेका नेपाली साहित्यकारहरुको हक, अधिकारको लागि कार्यरत रहने ।
यस मंचले सम्पन्न गरेका विभिन्न क्रियाकलापहरु मध्ये केही बुदांहरु:
१. यस मंचले नेपाली साहित्यको लागि अनलाइनबाट र डायस्पोरामा रहेर गरेको उत्कृष्ट योगदानको कदर गर्दै अनेसास नारायण तथा जयन्ता प्रर्साई वेभ पत्रकारिता पुरस्कार २०६५ नगद रु १५००० अमेरिकाबाट प्राप्त गर्न सफल भएको छ ।
२. यस मंचले गत बर्षको सरस्वती पूजाको अवसरमा नेपाली साहित्य कै इतिहासमा पहिलो पटक प्रत्येक्ष वेभक्यामबाट सहभागि हुन सक्ने ब्यवस्था गरि अनलाइन विश्व वेभक्याम कविता प्रतियोगिता २०६४ सम्पन्न गर्यो । जसमा विश्वभर छरिएर रहेका विभिन्न २७ देशका १०३ स्रष्टाहरुको सहभागिता रहेको थियो । जसमा प्रथम नवराज सुब्बा (विरानगर, नेपाल), दोस्रो सहदेब पौडेल (अमेरिका), तेस्रो रविन्द्र ढकाल (जापान), चौथो इन्दिरा चाम्लिङ (पोर्चुगल) र पाचौ गोपिकृष्ण प्रसाइ (जर्मनी) हुनु भएको थियो ।
३. यस मंचले केही समय अघि मिलन देवान स्मृति (अनेसामं) साहित्य पुरस्कार को स्थापना गरि सन् २००८ को लागि मलेसियामा कार्यरत युवा साहित्यकार देवेन्द्र सुर्केलीलाई प्रदान गरेको छ । यस पुरस्कारको रासि नगद १० हजार रुपैया रहेको छ । यो पुरस्कार प्रत्येक बर्ष प्रदान गरिन्छ ।
४. यस मंचले कथाकार राजकुमार दिक्पालद्धारा लिखित आतङ्कको छाँयामुनि पुस्तक प्रकाशन गरिसकेको छ भने त्यस्तै गरि देश बोक्नुको पीडा र संक्षिप्त बोर्नियो परिचय पनि प्रकाशित गरि सकेको छ। झमक घिमिरे लगायतका अन्य पुस्तकहरु पनि प्रकाशन गर्ने क्रममा रहेको छ ।
५. अन्य संघसंस्थाहरु संग मिलेर विभिन्न कार्यक्रमहरु अघि बढाइ रहेको छ, जसमध्ये विश्व साइकल यात्रि फूर्तेम्बा शेर्पालाई प्रेषको क्षेत्र लगायतको विभिन्न प्रकारको सहयोग गर्दै आएको छ ।
तपाई निम्न ठेगानाबाट पनि यस वेभसाइटमा प्रवेश गर्न सक्नु हुनेछः
www.sahitya.com.np
wwww.sahitya.org.np
www.nepaleseLiterature.com
अनुरोध
आदर्णिय महानुभावहरु, यस साहित्य मंचको बारेमा यस वेभ साइटको बारेमा तपाइको आफनो सल्लाह सुझाव पठाएर सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।
|