Online Nepali Literature Forum
   

Users Online : 11
| More
अक्षरको आकार:   - | +
कृती समिक्षा
गीतकार बिमल गिरीको गीति संग्रह सम्झनाको तरेलीमा डुब्दा (शर्मिला खड्का/दाहाल) - [2010-02-18]

जीवनको क्यानभासमा अनेकौँ रङ्गहरू पोतिएका हुन्छन् । हाँसो, खुसी, पीडा, उमङ्ग र बेदनाहरू छरिएर एउटा सिँगो जीवन उभिएको हुन्छ । हृदयका अनगिन्ती उद्गारहरू भावनासँगै बयेली खेल्दै शब्दमा हुर्केका हुन्छन् । यदि मानिसमा भावाना नहुँदो हो त ऊ के हुन्थ्यो होला - मलाई प्रश्न गर्न मन लाग्छ । साँच्चै मानिसभित्र भावना नहुँदो हो त ऊ रङ्ग विनाको क्यानभासजस्तै हुँदो हो । एउटा रङ्गहीन जीवन कस्तो हुँदो होला - कसैले कल्पना गर्न सक्दैन त्यसैले म भन्छु - मानिसभित्र भावना भएर नै ऊ मानिस भएको हो अनि मानिसको इतिहास तयार भएको हो र शास्त्र लेखिएको हो । हो मानिसभित्र धेरै कुरा हुन्छन् । जब भाषा परिभाषित थिएन, शब्द परिष्कृत थिएनन तब देखिनै मानिस भावनासँग खेल्ने गर्दथ्यो । सिँगो समाज जिवन्त भएर बाँचेको थियो । मानिस भित्रका दुख , पीडा, हर्ष वेदनाहरू लोकगीतको भाकामा त्यससमयदेखि नै गाइदै आएको हो । झमझम पानी परेको बेलाको असारे गीत होस वा सुख हर्षा गाइने देउडा, गौरा, फाँग, मागल होस् वा चेलीवेटीको दुखसुख पोख्ने सँगेनी होस् वा चार्डपर्वमा गाइने मालसिरी होस् वा उघौली उघौलीमा गाइने चण्डी नाच होस् यस्ता धेरै लोकगीतहरू मानिसका जीवनका सुस्केराहरू, पीडाहरू, बेदनाहरू, खुसीहरू, लोक भाकामा जीवन्त भएर बाँचेका छन् । ती हृदयभित्रका उद्गारहरू आज लोकगीतको बाटो हुँदै आधुनिक गीतभित्र प्रवेश गरिसकेका छन् ।



लोकलयमा गुञ्जने नेपाली भावनाहरू आज आधुनिक गीतमा गुञ्जने गरेका छन् । नेपाली साहित्यमा गीतकारका रूपमा चिनिएका कालीप्रसाद रिजाल, हरिभक्त कटुवाल, माधव घिमिरे, दुर्गालाल श्रेष्ठ क्षेत्रप्रताप अधिकारी , धर्मराज थापा, आदि निकै नामले विशेष स्थान पाएका छन् । यिनै वरिष्ठ गीतकारहरूले डोर्याएको बाटोमा डोरिदै आज युवा गीतकार विमल गिरी देखा पारेका छन् । विदेशी भूमिमा देशको माटोलाई सम्झदै हृदयका भावहरूलाई शब्दमा परिणत गर्न खप्पिस गीतकार गिरीका सम्झनाका तरेली नेपाली गीति क्षेत्रको लागि अमूल्य उपहार भएको छ । केही समयअघि देखि विभिन्न पत्रपत्रिकामा र बेव पत्रिकामा देखा परेका विमल गिरीका गीतहरूका आफ्नै विशेषता छन् । विमल गिरी अन्यलेखनमा भन्दा विशेषगरी गीतिलेखनमा सक्रिय छन् । मनको भावलाई शब्दमा उनेर लय र अनुप्रास मिलाउँदै छोटा तथा मीठा वाक्यमा परिणत गर्न सक्नु, उनको गीति लेखनको विशेषता हो । उनका गीतहरू प्राय जिवनोन्मुखी छन् । जीवनलाई उनी सकरात्मकरूपले हेर्छन अनि सम्झौता गर्न सिकाउँछन् ।उनका गीतले जीवनका दर्शनलाइ माझेर शब्द र शील्पमा टल्काइएको पाइन्छन् । सरल वाक्यमा जीवनका दुख सुखका भावलाइ शव्दमा उन्न सक्नु उनको गीति लेखनको विशेषता मान्नु पर्छ ।साथै उनका गीतहरूमा कतै विद्रोह तथा क्रान्तिका झिल्काहरू पाइदैनन् । त्यसैले पनि होला भूमिकामा वरिष्ठ साहित्यकार जगदीश घिमिरेज्यू भन्नुहुन्छ - श्री विमल गिरीका यी गीतहरूले उनको देशप्रेमको भावनालाई अभिव्यक्ति गरेका छन् । प्रस्तुत गीतहरूमा भवनाका विविध आरोह अवरोह तथा सरल र सरस अभिव्यक्ति भेटिन्छन् भने कतिपय गीतहरू कर्ण शाक्यको सोच जस्तो पुस्तकबाट प्रभावित देखिन्छन् ।



यसरी विभिन्न कोण प्रतिकोणबाट उनको गीतहरूको व्याख्या गर्न सकिन्छ । उनका गीतहरूका अर्को पक्ष वियोगात्मक भाव पनि हो उनका धेरै जसो गीतमा हृदयका वियोगहरू उम्लिएर आएको देखिन्छ भने केही गीतहरूमा हर्ष खुसी, प्रेम र राष्ट्रियताको भाव झल्किएका हुन्छन् । अर्को भूमिका लेखक वरिष्ठ साहित्यकार कृष्ण धरावासी भन्नुहुन्छ - अधिकांश गीतहरूका प्रेम र भावुक अनुभूतिले भरिएका छन् । धेरै जसोमा विछोडको पीडा समेटिएको छ । यहाँ देश छाडे पछि मनमा उत्पन्न हुने आत्मीयताको गन्ध पनि छ । प्रेमिकासँगको तीता मीठा क्षणका अनूभूतिहरू पनि छन् । मिलन र विछोडका आरोप र प्रत्यारोपहरू पनि छन् एक अर्को प्रतिका तीव्र वेगमा आकर्षाहरू पनि छन् । धेरैजसो गीतहरूमा भावुकताले प्रधानता पाएको छ । प्रेमले दरो गरी समातेको मनलाई सम्झाउन , दर्शनिकताको उदार र निस्सार संसारतिर पनि प्रविष्ट छन् कतिपय गीतहरू धन, सम्पक्ति , माया, प्रेम, आदि कुराहरूमा रुखो अनुभूति पनि भेटिन्छ कतिमा । जेहोस, यो गीतहरूको पुस्तकले कवितात्मका शैलीमा पढ्दा पनि आनन्द दिन सक्छन् ।



अझ गाउन र सँगीतवद्ध गर्न सके केही गीतहरू निकै राम्रो र लोकप्रिय हुन सक्ने देखिन्छ । उनका वियोगात्मक भावलाई प्रतिनिधि गर्ने एउटा गीतको यो पहिलो अन्तराललाई हेरौँ -



कहिले हिमाल कहिले तर्राई बगिरहन्छ आँसु

ओइलिएर झरिजाने फलहरूलाई कति साँचु

सम्झीसम्झी माया किन परेलीको डिलमा सधैँ

सजाएर राख्न खोज्छु र्झन खोज्छ व्यर्थै रुँदै



यस्ता वियोगात्मक भावहरू कतिपय ठाउँमा प्रेमिकाको लागि पोखिएका छन भने कतिपय ठाउँ आफनै जीवन दर्शनका लागि । हुन पनि उनीभित्र ठूलो पीडा हुनुपर्छ । देश छोड्नुको पीडा , आफन्त साथीभाइ , इष्टमित्रको सँगको विछोडको पीडा पनि उनका गीतमा पाइन्छन् । पूर्व झापाको बासिन्दा विदेशी भूमि बेल्जियममा उनी आफनो जीवनको दर्शनलाई समयको भारी बोकाएर कुदाइ रहेका छन् । जीवनले भोग्नुपर्ने कठिन यात्रामा उनी हताश वा निराश हुदैनन् बरु जीवनलाई सम्झौता गर्न सिकाउँछन् । उनी प्रेमले जीवनलाई यसरी सुखमय बनाउन खोन्छन् र



प्रेमिकालाई भन्न पुग्छन--



खुला आकाश तिमी मेरी जेजे माग्छौ दिन्छु बरु

घुम्टो खोली देखाइ देउन सुकोमल ति बिम्बहरू

गीतकार गिरीका प्रत्येक गीतमा रत्यात्मक र लयात्मकता पाइन्छन् उनी प्राय गीतमा एक स्थाई र दुइ अन्तरा पाइन्छन् । उनी राष्ट्रियताले पिरोलिएको हामी यी शब्दहरूबाट थाहा पाउन सक्छौ -

देशलाई र्स्वर्ग बनाई हिमाल झै पारौं शिर

विकासको नदी बगाउ मेचीकाली चारै तिर

जीवनका भावहरू पोखिएका गीतहरूले पाठकलाई तानिरहन्छ । उनका केही गीतहरूले स्वर र संगीत पाइसकेका छन् । उनका कुनै गीतले प्रणयमिश्रित भावहरू पनि देखिएका छन् । जस्तै:-

चुप्पचुप्पम्वाइ खान्थ्यौ एक अर्काले पालो गरि

सल्बलाउँथे हातहरू स्वचालित ती मेशिन सरी



नेपाल बाहिर बसेर नेपाली भाषा साहित्यलाई माया गर्दै नेपाली भाषामा यसरी पुस्तक आउनु ठूलो कुरा हो । जहाँ हरपल विदेशी भाषा र साहित्यको सहारामा बाँच्नु पर्छ । भावनाहरूलाई जीवनको व्यस्तताले चुटेर फेरि नर्फकने गरी डाँडा कटाइएका हुन्छन् । त्यस्ता ठाउँमा बसेर नेपाली भाषा साहित्यमा रमाउँदै सिर्जन गर्न सक्नु कुनै पनि र्सजकको महानतम कार्य हो । देशको राजनैतिक अवस्थाले अधिकांश नेपाली विदेशीन पर्ने वाध्यताले अतिक्रमण गरिरहेको छ । यस अवस्थामा अर्को नेपाल विदेशमा तयार हुदैछ भनेर डायस्पेरिक लेखनका व्याख्याता वरिष्ठ समालोचक डा. गोविन्द राज भट्टर्राई बताउनुहुन्छ ।



अहिले नेपाली साहित्यमा डास्पोरिक लेखनलाई एउटा बेग्लै स्थान दिइनुपर्ने समय आएको छ । यस अवस्थामा गीतकार विमल गिरीको गीति सङ्ग्रहलाई एउटा उपलब्धीमूलक कार्य मान्नुपर्छ ।





तपाईंको प्रतिकृया

गीतकार श्री बिमल गिरी प्रति आभार ब्यक्त गर्दै अहिले नेपाली साहित्यमा डास्पोरिक लेखनलाई एउटा बेग्लै स्थान दिइनुपर्ने समय आएको छ । यस अवस्थामा गीतकार श्री विमल गिरीको गीति सङ्ग्रहलाई एउटा उपलब्धीमूलक कार्य मान्नुपर्छ ।नेपाल बाहिर बसेर नेपाली भाषा साहित्यलाई माया गर्दै नेपाली भाषा, साहित्यक र कृति लाई बचाई राख्न अनबरत प्रयास गर्ने राष्ट्रियताले पिरोलिएको शब्दहरूबाट वाहा का लेख कृतिमा देखिनु नै गीतकार श्री बिमल गिरी लाई शुभकामना यस्तो व्यक्तित्व लाई विश्व नेपाली साहित्य संगठन मा ल्याउनु जरुरी देखिन्छ!

गीतकार श्री बिमल गिरी प्रति आभार ब्यक्त गर्दै अहिले नेपाली साहित्यमा डास्पोरिक लेखनलाई एउटा बेग्लै स्थान दिइनुपर्ने समय आएको छ । यस अवस्थामा गीतकार श्री विमल गिरीको गीति सङ्ग्रहलाई एउटा उपलब्धीमूलक कार्य मान्नुपर्छ ।नेपाल बाहिर बसेर नेपाली भाषा साहित्यलाई माया गर्दै नेपाली भाषा, साहित्यक र कृति लाई बचाई राख्न अनबरत प्रयास गर्ने राष्ट्रियताले पिरोलिएको शब्दहरूबाट वाहा का लेख कृतिमा देखिनु नै गीतकार श्री बिमल गिरी लाई शुभकामना यस्तो व्यक्तित्व लाई विश्व नेपाली साहित्य संगठन मा ल्याउनु जरुरी देखिन्छ!

गीतकार श्री बिमल गिरी प्रति आभार ब्यक्त गर्दै अहिले नेपाली साहित्यमा डास्पोरिक लेखनलाई एउटा बेग्लै स्थान दिइनुपर्ने समय आएको छ । यस अवस्थामा गीतकार श्री विमल गिरीको गीति सङ्ग्रहलाई एउटा उपलब्धीमूलक कार्य मान्नुपर्छ ।नेपाल बाहिर बसेर नेपाली भाषा साहित्यलाई माया गर्दै नेपाली भाषा, साहित्यक र कृति लाई बचाई राख्न अनबरत प्रयास गर्ने राष्ट्रियताले पिरोलिएको शब्दहरूबाट वाहा का लेख कृतिमा देखिनु नै गीतकार श्री बिमल गिरी लाई शुभकामना यस्तो व्यक्तित्व लाई विश्व नेपाली साहित्य संगठन मा ल्याउनु जरुरी देखिन्छ!

Dastaje,ra Rajjee prati dherai dherai aabharichhu.Lekhika Sarmila Khadhkajee prati pani dherai dherai aabharichhu.Yahako kalam abiral jharana jhai bagirahos.

Hasta Gautam jee ra Raj jee parati aabharichhu.

Mitra bimal giri lai congratulation,

sabdharuma bibhinna rash sameter git sangrah nikalu bhayakoma badhai chha. bahir kun deshma hunuhuncha? harmo pir hamro soch ustai hola bhanne lagchha.
yak sabal gitkar bhanna sakne asha gareka chhau
mridul

Badhai chha Geetkar Bimal Giri jyu lai. Bhavi geetko lagi Hardik Shubhakamana.



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम