Online Nepali Literature Forum
   

Users Online : 8
मुक्तक
तीन मुक्तक (शिव सस्मित) - [2010-03-02]

१.
भत्किएको घरको एउटा पाटो हेर्दैछु
यो मुलुकमा शान्ति आउने बाटो हेर्दैछु
हराइसक्यो राष्ट्रियता अनि स्वाधीनता
सिमानामा लुटिएको माटो हेर्दैछु ।

२.
खै के भनेर बोलाउँछ्यौ, नामैनामको खानी हुँ म
जता कुलो त्यतैतिर बगिजाने पानी हुँ म
मेरै लागि तड्पिएका कति छन् कति यहाँ
मान, माहुरीको घारभित्र एक्लै बस्ने रानी हुँ म ।

३.
जवानी मीठो प्यारसितको
त्यो पनि आफ्नै यारसितको
आफ्नो त यार खोसियो प्यार पनि
कटुसम्बन्ध पुरानै जारसितको ।




Your Comments
Showing 1 - 3 Of 3
Comment By:Commemt
Moti Ghimire
jhapalisangkalpa@yahoo.com
Ekdam gajab chha yar. hajur sanga friendship garna man lageko chha mail garnu la .
prem kc
kcprem96@hotmail.com
very nice, i love to hear from you more is there anyway i can contact you? email or phoneno? keep up the good work.
sanju
yes_bilasee@yahoo.com
wa wa wa sir .Thumbs up
1  


Post Your Comment
Name:
Email:
Web Site:
Your Comment:
Word Verification: * Type the characters you see in the picture below.
If you can't read the characters,
click here.

*
Letters are not case-sensitive



[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम