सिम्माको नाममा नयाँ चिट्ठि कविता संग्रह विमोचित - [2010-03-12]
मलेशिया
गत ६ मार्चको दिन क्वालालम्पुर स्थित साहित्यकार इन्द्र नारथुङ्गेद्धारा लिखित सिम्माको नाममा नयाँ चिट्ठि नामक कविता संग्रहको विमोचन सम्पन्न भयो ।
मलेसियाको लागि नेपालका महामहिम राजदुत डा। ऋषिराज अधिकारीको बाहूलीबाट सार्वजनिक गरिएको कृति माथि कोपिला गौतम साहित्यकार देवेन्द्र सुर्केली कार्यक्रमका विशिष्ट अतिथि साहित्यकार विश्वास दीप तिगेलाले समिक्षा तथा मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
पछिल्लो समयमा आएका अनेक कृतिहरु मध्ये सिम्माको नाममा नयाँ चिट्ठि उत्कृष्ट कृति मात्र नभई संघियता र राज्य पूर्नसंरचनाको सम्बन्धमा अप्रत्येक्ष गहन कुराहरु समेटिएको कुरा बक्त्ताहरुले बताएका थिए । कवी नारथुङ्गेले संग्रहमा समेटिएका मध्ये झण्डै १ दर्जन कविताहरुको वाचन गरेर सबैको प्रसंसा बटुलेका थिए ।
अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज केन्द्रिय समिति अमेरिकाबाट प्रकाशित कविता संग्रहमा जम्मा २४ वटा कविताहरु समेटिएका छन् भने वर्तमान नेपालको राजनैतिक परिस्थितीमा यस कृतिले अत्याधिक चर्चा पाउने कुरा समिक्षकहरुले बताएका थिए ।
खोटाङ सेवा समाज मलेसियाको आयोजनामा सम्पन्न कार्यक्रममा साहित्यकार मनिराम गोठाले पदम दुखी सम्बाहाम्फे श्रीजन श्री भिम शेरचन विचारी चाम्लिङ र दिलदुखी जन्तरे लगायतले बोलेका थिए भने केही स्रष्टाहरुले आआफ्नो सिर्जना बाचन गरेका थिए ।
कार्यक्रमलाई कृष्ण विष्टले संचालन गर्नु भएको थियो ।