धनकुटा ७ चैत्र, वरिष्ठ साहित्यकार कृष्ण प्रसाद वस्तीले धनकुटाका साहित्यकार भोलानाथ घिमिरेद्धारा लिखित जय लोकतन्त्र कविता संग्रहको आज धनकुटामा लोकार्पण गर्नु भएको छ ।
सल्लेरी साहित्य संगम धनकुटाले आयोजना गरेको लोकार्पण कार्यक्रमका प्रमुख अथिती वस्तीले साहित्यमा भावना अभिव्यक्त हुने हुदा साहित्य सिर्जना गर्नलाई योग्यता नचाहिने कुरा वताउनु भयो ।
यसैगरी उक्त कविता संग्रहको टिप्पणी गर्नुहुदै प्राध्यापक गोपाल प्रसाद अधिकारीले कविता संग्रहले देश प्रेम राष्ट्रिय भावना बोकेको उल्लेख गर्नु भयो ।
सल्लेरी साहित्य संगम धनकुटाका अध्यक्ष रमेशचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको लोकार्पण समारोहमा प्रकाशक लिलाबल्लभ घिमिरे लेखक भोलानाथ घिमिरेसाहित्यकार मुकुन्द प्रयास पत्रकार महासंघका अध्यक्ष विजय सन्तोषी राई लगायतले लोकार्पण गरिएको कविता संग्रहमाथि विष्लेषण गर्नु भएको थियो ।
|