Online Nepali Literature Forum
   

Users Online : 8
समाचार
चैतेदसैँ पर्व मनाइँदै - [2010-03-22]

आज चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैतेदसैँ दुर्गा भवानीको पूजाआराधना गरेर मनाइँदैछ ।

दानवी शक्तिमाथि दैवीशक्तिको विजयका रूपमा शक्तिरूपा दुर्गा भवानीको उपासना गरी चैतेदसैँ मनाउने गरिन्छ।
आज बिहानदेखि उपत्यकाका शक्तिपीठ गुहृयेश्वरी, दक्षिणकाली, शोभाभगवती, रक्तकाली, नक्साल भगवती, कालिकास्थान, सङ्कटा र मैतीदेवी मन्दिरमा देवीभागवत, कालिका पुराणलगायतका स्तोत्र पाठ गरिन्छ ।

चैतेदसैँलाई महत्व दिने व्यक्तिले आज भगवतीका मन्दिरमा पूजापाठका साथै पशुबलि पनि चढाउँछन् ।

वर्षको दुईपटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा वणिर्त छ । शक्तिस्वरूपा भगवतीको आराधनाको महत्व सप्तशती चण्डी, देवीभागवत, कालिकापुराण आदिमा उल्लेख छ ।
आजको दिन अशोकको फूल खानाले रोग आदि नाश हुन्छ भन्ने पनि विभिन्न शास्त्रमा उल्लेख छ ।






Post Your Comment
Name:
Email:
Web Site:
Your Comment:
Word Verification: * Type the characters you see in the picture below.
If you can't read the characters,
click here.

*
Letters are not case-sensitive



[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम