काठमाडौं- नेपाली पत्रकारितामा बदनामी कमाएका अहिले स्वर्गिय गिरिजाबाबु सुपुत्री तथा उपप्रधानमन्त्री सुजाता कोइरालाको अत्यन्त नजिकका पात्र रिपोर्टर्स क्लबका अध्यक्ष ॠषि धमलाले एउटा राम्रो काम गरेकाछन्- नेपाली राजनीतिका शिखर पुरुष एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा लोकनायक गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार को स्थापना गरेर।
स्व. कोइरालाले लोकतन्त्र, शान्ति र प्रेस स्वतन्त्रताका निम्ति पुर्याएको योगदानको स्मरण गर्दै कोइरालाको स्मृतिमा रिपोटस्र क्लव नेपालले सो पुरस्कार स्थापना गरेको हो ।
क्लबले पुरस्कार स्थापनाकालागि माछापुच्छ्रे बैंक पुतलीसडकमा १ लाख १ हजार १ सय रुपैयाँको अक्षय कोष खोलेको जानकारी क्लवका अध्यक्ष ऋषि धमलाले दिएका छन् । धमलाले कोइरालाले जीवनभरि प्रेस स्वतन्त्रताका लागि लडेकाले उनको सम्झनामा पत्रकारिता पुरस्कार स्थापना गरिएको बताए ।
प्रत्येक वर्ष कोइरालाको स्मृति दिवस चैत ७ गते शान्ति, लोकतन्त्र र प्रेस स्वतन्त्रताका पक्षमा कलम चलाउने पत्रकारलाई सो पुरस्कार दिइने योजना क्लबले बनाएको छ । सो कोषमा रकम प्रदानकालागि इच्छुकहरुलाई माछापुच्छ्रे बैंकमा खोलिएको खाता नम्बर १६०१५२४१४६८४४०१७ नं. मा सहयोग गर्न क्लबले आग्रह गरेको छ ।
|